नयाँलिपिः पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा बनाउने मागसहित सडक र सामाजिक सञ्जालमा देखिने दल, नेता एवं अभियन्ताहरुले बाराम्बार नेपाली सेनालाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति सेनाको ध्यानाकर्षण भएको छ ।
नेपाली सेनाले प्रेस विज्ञप्तीमार्फत ‘संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको’ बताएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध छ ।’
आफूसँग जोडेर विभिन्न भ्रम फैलाइएको भन्दै सेनाले आफुसम्बद्ध कुनैपनि विषयको जानकारी लिनुपरे सिधै जनसम्पर्क तथा सूचना निर्देशनालयमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।
राजावादीहरुले नेपाली सेनालाई पूर्वराजाको हितमा कदम चाल्नुपर्ने भन्दै प्रत्यक्ष, अप्रत्यक्ष दबाब दिइरहेकाबेला निर्देशनालयले आज धारणा सार्वजनिक गरेको हो ।