म्याग्दीको मालिकामा एकाबिहानै जीप दुर्घटना, १ को मृत्यु

santan ads

नयाँलिपिः म्याग्दीको मालिका गाउँपालिका–४, महभिर सुङ्रेपानीमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घटनामा मृत्यु हुने च्युरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइली हुन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठका अनुसार, ग १ ज ५६१२ नम्बरको बोलेरो जिप बुधबार बिहान सुङ्रेपानीबाट च्युरीबोटतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटना करिब साढे ६ बजे भएको बताइएको छ। घाइते हुनेमा चालक ३३ वर्षीय शेरबहादुर बिक, च्युरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामे छन्।

यस्तै, यमिन्द्र रसाइली पनि घाइते भएका छन्। जिप सडकबाट करिब ६० मिटर तल खसेको छ। घाइतेहरू मध्ये भीमप्रसाद र यमिन्द्रको अवस्था सामान्य रहेको छ भने नगेन्द्र रसाइलीकाे दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ।

गम्भीर घाइते चालक बिकलाई थप उपचारका लागि पोखरा ल्याइएकाे छ।

इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीले उद्धार कार्यमा सहयोग गरेका थिए।

Scroll to Top