शितलज्योति कप : आर्दश र नाकोड्स सेमिफाइनल प्रवेश

santan ads

पोखरा । पोखरा रंगशालामा जारी चौथो शितलज्योति कप फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न भएको खेलमा आर्दश युवा क्लब भण्डारढिक र नाकोड्स लामाचौर सेमिफाइनल प्रवेश गरेको छ ।

आर्दशले ढुकुर पोखरी युवा समाजलाई ३–० गोल अन्तरले पराजित गर्दे सेमिफाइनलको यात्रातय गरेको हो । आर्दशको जितमा खेलको १६ औं मिनेटमा टाइसन तमाङले गोलको खाता खोलेका थिए ।

खेलको २१ औं मिनेटमा संन्दिप गुरुङ र २२ औं मिनेटमा कुसल लिम्बुले गोल गरे । पहिलो खेलमा फुलबारी युवा क्लबलाई पराजित गर्दे क्वाटरफाइनल प्रवेश गरेको आर्दश क्लबले अब बुधबार नाकोड्स लामाचौर संग सेमिफाइनलमा भिडने छ ।

नाकोड्सले एलजी एसोसिएसनलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो । निधारित समयमा १–१ को बराबरी भए पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

खेलको २ औं मिनेटमा नाकोड्सका सुसान गुरुङले गोलको खाता खोले । खेलको २१ औं मिनेटमा एलजीका टिका गुरुङले बराबरी गोल फर्काएका थिए । अब नाकोड्स फाइनल प्रवेश गर्न आर्दश संग बुधबार भिडने छ ।

१२ टीमको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र गर्नेछ भने उपविजेताले १ लाख नगद सहित ट्रफी,मेडल,प्रमाणपत्र प्राप्त गर्नेछ ।

चैत ९ गते सम्म संचालन हुने प्रतियोगितामा सेमिफाइनल पुग्ने २ टीमले नगद १० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक निरज गुरुङले बताए ।
भोलि बुधबार पहिलो खेल बिहान ११ बजे सहारा क्लब र संगम क्लब बिच हुनेछ ।

सहारा क्लबले बिष्णु पादुका हेम्जालाई पराजित गरेर क्वाटरफाइनल प्रवेश गरेको हो भने संगम क्लब वाई पाएर सिधै क्वाटरफाईनलमा भिड्न लागेको हो । त्यस्तै भोलि नै हुने दोस्रो खेल दिनको १ बजे आयोजक शितलज्योति र श्री सत्य युवा क्लव बि–१३ बिच हुनेछ ।

बि–१३ डेभिडफल युवा क्लबलाई पराजित गरेर क्वाटरफाईनल प्रवेश गरेको हो भने आयोजक शितलज्योति वाई पाएर सिधै क्वाटरफाइनलमा भिड्न लागेको हो ।

Scroll to Top