पोखरा उत्रियो सिचुवानको विमान, १ सय २६ जना लिएर उतै लागे मेयर

santan ads

दिपक के श्रेष्ठः चीनको सिचुआन एयरलाइन्सले आज छेङ्दु–पोखरा व्यावसायिक चार्टर उडानमार्फत १ सय २८ चिनियाँ यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उतारेको छ ।

उनीहरुलाई नेपालका लागि चिनियाँ राजदूत छन सोङ र पोखरा महानगर प्रमुख धनराज आचार्यले स्वागत गर्दै चार्टर उडानले आगामी दिनमा दुई देशको मित्रतासँगै पर्यटनलाई पनि अझ उचाइँमा पु¥याउने विश्वास व्यक्त गरे ।

पोखरा उत्रिएको सोही जहाजमा मेयर आचार्यले १ सय २६ जना लिएर छेङदुतर्फ लागेका छन् ।

छेङ्दु जाने समूहमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख, पोखरा भ्रमण वर्ष २०२५ कार्यक्रम संयोजक, पोखरा पर्यटन परिषद अध्यक्ष, विभिन्न पर्यटन संघसंस्थाका प्रतिनिधिहरू तथा व्यवसायी एवं पत्रकार रहेका छन् ।

पहिलो उडानमा गएको उक्त नेपाली टोली आठ दिने भ्रमणकाक्रममा पर्यटन प्रवर्ध्दनार्थ छेन्दु, लुझाउ, एमई, लिसान र छोङछिङ पुग्नेछ ।

त्यहाँ पर्यटन पूर्वाधार, व्यवस्थापन र सहकार्यबारे अध्ययन हुनेछ। चैत ६ गते छेन्दु र चैत ९ गते छोङछिङमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिने तालिका रहेको छ ।

जसले प्रत्यक्षरुपमा पोखराको पर्यटन प्रवद्र्धन गर्ने व्यवसायीको विश्वास छ ।

त्यस्तै, हिमालयन एयरलाइन्सले अप्रिल १ तारिखमा पोखराबाट चीनको ल्हासाबीच व्यावसायिक उडान सुरु गर्ने भन्दै बुकिङ्समेत खुल्ला गरिसकेको छ ।

Scroll to Top