स्पेनिस ला लिगा : बार्सिलोना शीर्ष स्थानमा

santan ads

एजेन्सी । स्पेनिस लालिगामा बार्सिलोना विजयी भएको छ । आइतबार राति भएको खेलमा एथलेटिको मड्रिडलाई ४–२ गोलले हराउँदा बार्सिलोना लालिगाको शीर्ष स्थानमा पुगेको छ।
बार्सिलोनाका लागि फेरान टोरेस र लामिन यामालले गरेको गोल गरेका थिए। खेलमा २–० ले पछि परेको स्थिति उल्टाउँदै बार्सा विजयी भएको हो।

पहिलो हाफको ४५औँ मिनेटमा जुनियर अल्भारेजको गोलमा एथलेटिकोले सुरुवाती अग्रता बनाएको थियो। खेलको ७०औँ मिनेटमा अलेक्ज्यान्डर सोर्लोथको गोलमा एथलेटिको २–० ले अघि भएको थियो।

तर त्यसको २ मिनेटपछि नै बार्साका रोबर्टो लेवानडोस्की गोल गरे । खेलको ७८औँ मिनेटमा फेरान टोरेसले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा लामिन यामाल र आठौँ मिनेटमा फेरान टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–२ को ले गोल गर्दै नाटकीय जित दिलाउन सफल भए।

Scroll to Top