‘पोखरा कप’पुरूष राष्ट्रिय ह्याण्डबलमा ७ टिम भिड्दै

santan ads

पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगितामा ७ टिम भिड्ने पक्का भएको छ ।

गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता भोली (आइतबार)बाट सुरू हुँदैछ । 

करिव तीन वर्षको अन्तरालमा राष्ट्रियतस्तरको ह्याण्डबल प्रतियोगता हुन लागेको हो । 

प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र दुई विभागिय टोली नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको नेपाल एपिएफ क्लब भिड्ने भएका छन् । 

आयोजक प्रदेश ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा बैद्यका अनुसार प्रतियोगिता भोली बिहान ९ बजे पोखरा रंगशालास्थित बहुउद्धेश्यिय रंगशालामा सुरू हुनेछ ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता पहिलो दिन चार खेल हुने छन् । पहिलो दिन साढे २ बजे आयोजक र गण्डकीका बीच उद्घाटन खेल हुनेछ । 

प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले उद्घाटन गर्ने तय भएको ह्याण्डबल संघका उपाध्यक्ष गिरमान गुरूङले जानकारी दिए । 

प्रतियोगितामा पोखरा ह्याण्डबल कप उपाधि बिजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५/५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख खर्च हुने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ ।

Scroll to Top