नेवा:मिसा पुच: र कचा खल:पोखरा १२ को साधारण सभा सम्पन्न

santan ads

पोखरा । नेवाःमिसा पुचःपोखरा १२ को ११ औं र नेवा कचा खलाः पोखरा १२ को आठौं साधारण सभा सम्पन्न भएको छ ।

बिहिबार पोखरा १२ मा दुवै संस्थाले एक कार्यक्रमको आयोजना गरि साधारण सभा एंव सामुहिक फागु पून्ही उत्सव कार्यक्रम सपन्न गरेको हो ।

नेवाःकचा खलःपोखरा १२ का जेष्ठ सल्लाहकार शिवलाल तझ्या प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथि भिगु नेवाः छें पोखरा ११,१२ र १३ का अध्यक्ष भिम कुमार श्रेष्ठले नेवार समुदाय नेपालको कला संस्कृति,चाड पर्वका जगेर्ना गर्ने प्रमुख जाति भएकोले नेवार जाति एक भएर अघि बढ्न पर्ने कुरामा जोड दिए । साथै उनले यस्ता कार्य गर्न समाजघरको आवश्यकता भएको हुदाँ जग्गाको लागि बैना दिई सकेको बताउदै । सबैलाई सहयोग गर्न आग्रह समेत गरे ।

नेवाःकचा खलः पोखरा १२ का अध्यक्ष शान्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेवाः मिसा पुचाका संस्थापक अध्यक्ष एंव सल्लाहकार माया देवी तझ्या,पूर्व अध्यक्ष एंव सल्लाहकार निर्मला श्रेष्ठ,निवर्तमान अध्यक्ष एंव सल्लाहकार गंगा देवी श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम संचालन नेवाःमिसा पुचः पोखरा १२ का सचिव निरा श्रेष्ठले र स्वागत अध्यक्ष दुर्गा लिगल श्रेष्ठले गरेका थिईन ।

Scroll to Top