स्ववियु निर्वाचनः हिमालपारीबाट अनेरास्ववियुले खाता खोल्यो, अञ्जु निर्विरोध

santan ads

नयाँलिपिः हिमालपारीको जिल्ला मुस्ताङकोे जोमसोममा रहेको तेज निरला जनहित बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ ।

क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका अञ्जु परियार निर्विरोध निर्वाचित भएकी छिन् । अनेरास्ववियुबाटै सहसचिवमा धिरज परियार, सदस्यमा अशोक भण्डारी र कमल गुरुङ निर्वाचित भए ।

त्यस्तै नेपाल विद्यार्थी सङ्घबाट उपसभापतिमामा सुदिपभर्ति थकाली, सचिवमा उपदेश चौधरी र कोषाध्यक्षमा निशा गौचन र एक जना सदस्य मनिका विक चयन भएका छन् ।

नौ सदस्यीय स्वतन्त्र विद्यार्थी युनियनको एक जना सदस्य नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थीबाट देवराज लामिछाने चयन भएको तेज निरला जनहित बहुमुखी क्याम्पस मुस्ताङको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका संयोजक अदित्यचन्द्र थकालीले जानकारी दिएका छन् ।

Scroll to Top