पोखरा ।आज बिहानै कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
४.३ म्याग्निच्युडको भूकम्प मापन भएको काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पले क्षति पुर्याए/नपुर्याएको जानकारी प्राप्त हुन सकेको छैन । तीन दिनको अवधिमा गण्डकी प्रदेशमा गएको यो तेस्रो भूकम्प हो ।