स्पेनिस ला लिगा ः चिकित्सकको निधनले बार्साको खेल स्थगित

santan ads

एजेन्सी । स्पेनिस ला लिगाको शनिबार निर्धारित ओसासुनासँगको खेल स्थगित भएको छ।
खेल सुरु हुनु भन्दा २० मिनेट अघि क्लबका पहिलो टिम चिकित्सक कार्लोस मानारो गार्सियाको निधनमा खेल स्थगित भएको हो। खेल हेर्न धेरै जना दर्शक बार्साको घरेलु मैदानमा पुगिसकेका थिए।

शनिबार साँझ नै गार्सियाको मृत्यु भएको हो। बार्सिलोनाका अध्यक्ष हुँवा लापोर्टाले उनको मृत्युमा समवेदना व्यक्त गरेका छन्।
बार्सिलोनाका खेलाडीले नै उनको सम्मान स्वरूप एक दिन खेल रोक्न गरेको निर्णयलाई स्वीकार गरिएको हो। शनिबार निर्धारित स्पेनिस ला लिगका अन्य खेल भने सञ्चालन भए।

उनको निधन टोली बसेको होटलमै भएको थियो। अचानक उनको मृत्यु भएको जनाइएको छ।

खेल स्थगित गरिएको कारणहरु ठूला पर्दाहरूमा देखाइएपछि माहोल गम्भीर र भावुक बनेको थियो।

बार्सिलोनाले आफ्नो आधिकारिक वक्तव्यमा भनेको छ, ‘एफसी बार्सिलोना गहिरो दुःखका साथ क्लबको सिनयर टोलीका डाक्टर कार्लेस मिन्यारो गार्सियाको निधन भएको घोषणा गर्दछ। यसै कारण एफसी बार्सिलोना र ओसासुनाबीचको खेल अर्को मितिमा सारिएको छ। बार्सिलोनाको सञ्चालक समिति र सम्पूर्ण स्टाफ उहाँको परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ।’

बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले क्लबको वेबसाइटमार्फत डा.मिन्यारो गार्सियाप्रति श्रद्धाञ्जली अर्पण गरे।

Scroll to Top