यथास्थितिमा कोटीहोम हुन्नः पोखरा महानगर

santan ads

नयाँलिपिः मानव सेवा फाउण्डेशनले आज पोखरामा कोटीहोम आयोजनार्थ बाराहीघाटमा भूपि पूजनकाक्रममा भएको झडपपछि पोखरा महनगरपालिकाले ‘यथास्थितिमा कोटीहोम हुन नसक्ने’ विज्ञप्तिमार्फत जनाएको छ ।

यस विषयमा उच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको भन्दै महानगरले कोटीहोम हुन नसक्ने उल्लेख गरेको हो ।

त्यस्तै, महानगरले ‘जनप्रतिनिधिहरू माथि अशिष्ट, अमर्यादित, उत्तेजक र भ्रामक अभिव्यक्तिहरू दिएर सुरुवातबाटै धार्मिक सहिष्णुतालाई भड्काउने, धर्मका नाममा समाजलाई विभक्त तुल्याउने, सनातन आस्था प्रति घृणा फैलाउने, सदिऔँदेखि मिलेर शान्तिपूर्ण रूपमा बसिरहेको पोखराको एकता र शान्ति खलबल्याउने कुत्सित मनसाय साथ गरिएका यस्ता हर्कतहरु कानुनतः दण्डनीय छन्’ भनेको छ ।

विज्ञप्तिः

Scroll to Top