पोखरा । तेश्रो बेगनास कप सेभेन ए साईट फुटबल प्रतियोगिताको उपाधि मिक्की एफसिले उचालेको छ ।
‘विकास, अनुशासन र गतिशीलता भन्ने’ नाराका साथ बेगनास युवा क्लवद्धारा आयोजित बिहिवार सम्पन्न फाईनल खेलमा विनोद मेमोरियललाई १–० गोलले पराजित गर्दै मिक्कि एफसिले उपाधी हात पारेको हो ।
उपाधिसँगै मिक्कीले नगद १ लाख २५ हजार ५ सय ५५ र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा विनोद मेमोरियलले उप–विजेता बन्दै नगद ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन पर्यो ।
मिक्की एफसिका विनम गुरुङले गरेको त्यहि गोल उपधिको लागि प्रयाप्त भयो ।
प्रतियोगितामा एनके क्लवले अनुशासित टिमको उपाधिसँगै नगद रु ८ हजार प्राप्त गरेको छ भने मिक्की एफ सिका अमिर गुरुङ उत्कृष्ट खेलाडी, विनम गुरुङ उच्च गोलकर्ता र सञ्जय ठकुरी उत्कृष्ट गोल रक्षक घोषित भएका छन । उनीहरुले उपाधिसँगै जनही ५/५ हजार प्राप्त गरे ।
फाईनल खेल शुरु हुनु अघि समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय फुटवल टोलिका कप्तान किरण चेमजोङले बेगनास सुन्दर पर्यटकिय स्थल भएको र यससँगै खेलकुदको पनि प्रशस्त सम्भावना रहेको वताउँदै यस किसिमका प्रतियोगितालाई निरन्तरता दिनुपर्ने वताए ।