जबर्जस्ती करणी आरोपमा नेकपा एसका गण्डकी उपाध्यक्ष गिरी समातिए

santan ads

नयाँलिपिः जिल्ला प्रहरी कार्यालय, कास्कीले बलात्कारको आरोपमा बुधबार स्याङजाबाट विष्णु गिरीलाई पक्राउ गरेको छ ।

गिरीलाई पुतलिबजार १४ स्थित निवासबाटै पक्राउ गरिएको कास्की प्रहरीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले पुष्टी गरेका छन् । ५१ वर्षीय गिरीलाई कास्की ल्याएर अनुसन्धान सुरु गरिएको छ ।

गिरी नेकपा (समाजवादी)का गण्डकी उपाध्यक्ष एवं स्याङजा सभापति हुन् ।

जबर्जस्ती करणीको आरोपमा कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि गिरीलाई नियन्त्रणमा लिइएको शर्माले बताएका छन् ।

‘डिटेलमा अनुसन्धान हुन्छ, त्यसपछि विस्तृत खुल्ला’ शर्माले भने ।

Scroll to Top