बेगनास कप : उपाधिका लागि विनोद मेमोरियल र मिक्कि एफसि भिड्ने 

santan ads

पोखरा । तेश्रो बेगनास कपमा उपाधिको लागि विनोद मेमोरियल र मिक्की एफसी भिड्ने भएका छन ।

बुधबार सम्पन्न सेमिफाईनलको पहिलो खेलमा विनोद मेमोरियलले मत्स्य व्यवसायी समिति पिप्लेलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो । 

यस्तै बुधबार नै सम्पन्न दोश्रो सेमीफाईनलमा मिक्की एफसीले एनके क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।

उपाधिका लागी भोलि (बिहिबार) दिनको १ बजे यी दुई टिम आम्ने साम्ने हुनेछ्न । 

प्रतियोगिताको विजेताले रु १ लाख २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले रु ५५ हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। प्रतियोगितामा अनुशासित टिमले रु ८ हजार प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोल रक्षकले जनही रु ५/५ हजार प्राप्त गर्नेछन् । 

भोलि हुने समापन समारोहमा राष्ट्रिय फुटवल टिमका कप्तान किरण चेमजोङ समेत सहभागी हुने आयोजकले जनाएको छ । 

Scroll to Top