नयाँलिपिः हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहलाई आईसीयूबाट क्याबिनमा सारिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
शाहलाई आइतबार साँझ हृदयघात भएपछि नर्भिक अस्पताल पु¥याइएको थियो । चिकित्सकले तत्काल आवश्यक परीक्षणपछि तत्कालै कोरोनरी एन्जियोग्राम गरेको थिए ।
शाहका प्रेस सेक्रेटरी फणिराज पाठकका अनुसार एन्जियोग्राममा उनको मुटुको धमनी पूर्ण रुपमा बन्द भएको पत्ता लगाएसँगै एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण गरि धमनी खुलाइएको चिकित्सकले बताएका हुन् ।
उपचारमा संलग्न चिकित्सकका अनुसार चिकित्सकका अनुसार पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो ।
राज परिवारमा हृदयघात वंशाणुगत समस्या रहेकाले पारसमा पनि हृदयघात हुनुमा बढी वंशाणुगत कुराले प्रभाव पारेको ती चिकित्सकले बताएका छन् ।