नयाँलिपिः पोखराको फेवातालमा बोटिङ् (नौका विहार) गरिरहेकाबेला एक्कासी चलेको हावाहुरीले फँसेका तीनजनाको उद्धार गरिएको छ ।
प्याडल बोटमा शयर गरिरहेका उनीहरु बाराको सिमराबाट घुम्न आएका बताइएको छ ।
उनीहरुलाई सशस्त्र प्रहरी बलकाे कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले मोटर बोटको सहायताले उद्धार गरिएको छ ।
बाराको सिमरा स्थायी ठेगानाका ४३ वर्षिय राजन उप्रेती, ४५ वर्षिय केशव दाहाल र ४७ वर्षिय विष्णुहरी दाहालको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।