जनप्रिय क्याम्पसमा अखिलको नेतृत्व गर्दै आविष्कारको उम्मेदवारी

नयाँलिपिः आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा जनप्रिय क्याम्पस, पोखरामा अनेरास्ववियुले आविष्कार केसीको नेतृत्वमा संगठन दर्ता गरेको छ ।

सभापतिमा उम्मेदवारी दिने केसी संगठनका क्याम्पस कमिटी संयोजक हुन् ।

स्याङजा, चापाकोटका केसी दश जोड २ देखि जनप्रियका विद्यार्थी हुन् । उनी हाल एमबीएस दोस्रो सेमेष्टरमा अध्ययनरत छन् ।

०७३ सालमा क्याम्पस कमिटी सदस्यबाट संगठनमा लागेका केसी ०८० देखि संयोजकको भूमिकामा छन् ।

संगठन दर्तापछि नयाँलिपिसँग कुरा गर्दै केसीले विद्यार्थीको हकहित र शैक्षिक उन्नयनको आन्दोलनमा अनेरास्ववियु निरन्तर रहेको भन्दै जनप्रियमा अखिलले नेतृत्व गर्ने दाबी गरे ।

प्रत्यक्ष निर्वाचन हुने सचिव, कोषाध्यक्ष र सदस्यका उम्मेद्वारको नाम मनोनयन दर्ताअघि घोषणा गरिने अनेरास्ववियु क्याम्पस कमिटी सचिव सचिन अधिकारीले जानकारी दिए ।

Scroll to Top