पोखरा । युआरएल हेल्थ केयर प्रालिले पोखरामा भारतकोविश्व प्रसिद्ध अपोलो हस्पिटलको सूचना केन्द्र स्थापना गरेको छ । युआरएल हेल्थ केयरले पोखरा–१२ ले अपोलो हस्पिटल्स इन्फर्मेसन सेन्टरको शनिबार एक कार्यक्रममा बिच सेन्टरका प्रबन्ध निर्देशक अभिषेक दुगड र वरिष्ठ पेट रोग विशेषज्ञ डा सत्यदीप भट्टाचार्यले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा डा भट्टाचार्यले जटिल प्रकृतिका क्यान्सर, अंग प्रत्यारोपण जस्ता समस्याको निदानका लागि अपोलो लोकप्रिय रहेको बताए । अपोलोले भारतभर छ दर्जनभन्दा बढी हस्पिटल चलाएको छ । अपोलो ग्रुपले सञ्चालन गरेको यी हस्पिटलमा बर्सेनि नेपालबाट क्यान्सर, मुटुरोग, कलेजो रोग, आन्द्राका समस्या, बाथ जस्ता रोगका जटिल प्रकृतिका समस्या भएका बिरामी जाने गर्दछन।
अपोलोमा उपाचारका लागि जार्नैपर्नेलाई आवश्यक सहजीकरण गर्न र कतिपय सेवा यही उपलब्ध गराउन इन्फर्मेसन सेन्टर खोलिएको हेल्थ केयरका अध्यक्ष गणेशप्रसाद कोइरालाले बताए । ‘यहीबाट डाक्टरको एप्वाइन्टमेन्ट बुकिङ गर्न मिल्छ,’ उनले भने, ‘उपचारपछि आवश्यक औषधी यही उपलब्ध गराउँछौँ ।’ फलोअपका लागि अपोलो नै जानुपर्ने झन्झट कम गर्न टेलिमेडिसिन सेवासमेत पोखराबाट नै हुने व्यवस्था गरेको छौ। अध्यक्ष कोइरालाले भने ।
हेल्थ केयरका सल्लाहकार ठाकुरप्रसाद पन्तले युआरएलले रोगहरुको निदानमात्र नभई पोखरामै जटिल प्रकृतिका उपचार सेवा दिनेतर्फ ध्यान केन्द्रित भएको बताए ।
‘उद्घाटनको अवसरमा शनिबार भएको निशुल्क स्वास्थ्य शिविरमा ख्यातिप्राप्त क्यान्सर रोग विशेषज्ञसहितको टोलीले सेवा दिएको थियो । शिविरमा १ सय ५१ जनाले सेवा लिएका छन् । कार्यक्रममा क्यान्सरलाई जितेकी लक्ष्मी शर्मा भट्टराईले ७४ पटक किमोथेरापी लिएको जनाउदै नेपालमै क्यान्सरको राम्रोउपचार हुनेमा आफू विश्वस्त रहेको जनाउँदै औषधी, उपचारसँगै क्यान्सर जित्न आत्मबल चाहिने अनुभव सुनाइन् ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर मीनबहादुर गुरुङ सरकारले सुरु गर्न नसकेका सेवा निजी क्षेत्रबाट आरम्भ हुनु सुखद् भएको बताए । कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदीप थापा लगायतले मन्तव्य राखेका थिए ।