तेश्रो बेगनास कपमा शनिबार ६ खेल सम्पन्न

santan ads

पोखरा । तेश्रो बेगनास कपमा शनिबार ६ खेल सम्पन्न भएका छन ।

पहिलो खेलमा न्यू स्टार एफसीले शान्तिदिप युथ क्लवलाई ८ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

जसमा शान्तिदिपका अन्जन मगरले मात्रै व्यक्तिगत ६ गोल गरेका थिए भने निश्चल जिसी र दिपेन गुरुङले एक एक गोल गरेका थिए ।

यस्तै दोश्रो खेलमा ब्ल्याक डाईमण्डले सम्सेर एण्ड सनम एफसीलाई २–० को गोल अन्तरले पराजित गरेको छ भने तेश्रो खेलमा आयोजक बेगनास क्लव निलोले घरेलु एफसीलाई ३–१ गोलले पराजित गरेको हो ।

शनिबार नै सम्पन्न चौथो खेलमा एन डी कसमस जापानले आईडिओ कास्कीलाई २–१ को अन्तरले पराजित गरेको छ भने पाँचौं खेलमा मिक्की एफसी ले नौलो तारालाई ३–० को अन्तरले पराजित गरेको हो ।

विनोद मेमोरियल र खरबारी एफसी विच भएको अन्तिम खेलमा ३–० को अन्तरले विनोद मेमोरियलले जित हासिल गरेको छ ।

प्रतियोगितामा विनोद मेमोरियलका अनुज भण्डारीले ह्याट्रिक गरेका गरेका थिए ।

फागुन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम र द्धितिय हुनेले क्रमश ः१ लाख ५५ हजार ५ सय ५५ र ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी मेडल प्राप्त गर्नेछन ।

Scroll to Top