बेगनास कपको उद्धघाटन खेलमा आयोजक र मत्स्य व्यवसायी विजयी

santan ads

पोखरा । तेस्रो वेगनास कपको उद्धघाटन खेलमा आयोजक र मत्स्य व्यवसायी विजयी भएको छ ।

विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवको आयोजनामा शुक्रबारबाट तेश्रो संस्करणको बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको शुक्रबार सम्पन्न उद्घाटन खेलमा आयोजक बेगनास युवा क्लव पहेंलोले विनोद मेमोरियल एकेडेमी लाई ३–२ को गोल अन्तरले र मत्स्य व्यवसायी समिति पिप्लेको टिमले ए स्टार कयाफे बिलाई ट्राईबे्रकरमा ३–२ को गोल अन्तरले पराजित गरेको हो ।

प्रतियोगितामा प्रथम र द्धितिय हुनेले क्रमश ः१ लाख ५५ हजार ५ सय ५५ र ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी मेडल प्राप्त गर्नेछन ।

फागुन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २० टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक विज्ञान कोईरालाले बताए ।
प्रतियोगितामा १० लाख आम्दानी गर्ने लक्ष्य राखेको क्लबले ५० हजार बचत हुने अनुमान गरेको गरेको छ ।

बचत रकमले खेल मैदानको व्यवस्थापन,क्लवका सदस्यहरुको क्षमता अभिवृद्धि तथा स्थानिय पर्यटन प्रवर्धन गर्न खर्चने आयोजकले जनाएको छ ।

Scroll to Top