नयाँलिपिः त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ ।
आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।
उनले विद्यार्थी कल्याण परिषद्को बैठक राखेर स्ववियु निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्ने छलफल गरिएको बताए। त्रिविले शैक्षिक क्यालेण्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको छ ।
यसैबीच, पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि स्ववियु निर्वाचनको तयारी थालिएको छ ।
तयारीस्वरुप क्याम्पसले प्राडा रामचन्द्र पोखरेललाई निर्वाचन अधिकृत तोकेर समिति गठन गरेको छ ।
समितिमा अन्य ९ सदस्य रहेका छन् ।
सदस्यको नामावलीः
