नेपाल र म्यानमारबीचको खेल बराबरी सकियो

santan ads

नयाँलिपी ।  अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा नेपाल र म्यानमार बीचको खेल बराबरीमा सकिएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (आइतबार) साझ  भएको खेलमा  २–२ गोलको बराबरीमा सकिएको हो ।

खेलमा म्यानमारले म्याट नोइ खिनले  छैटौं मिनेट गोलको खाता खेलेकी थिईन ।

त्यसको पाचौ मिनेटमा सविता राना मगरले  गोल गर्दै खेललाई १–१ को बराबरी बनाईन ।

उनलाई सावित्रा भण्डारीले डिबक्सबाट दिएको पासको सदुपयोग गर्दै फ्स्ट ट्चमा हानेको बल गोलमा परिणत भएको थियो । 

  म्यानमारका मे हेट लुले १६ औं मिनेटमा गोल गरिन् ।  नेपालका लागि सावित्रा भण्डारीले फस्ट हाफको इन्जुरी समयमा गोल गर्दै बराबरी बनाईन ।

नेपाल ४:३:३ को फर्मेशन र म्यान्मार ४:१:४:१ को फर्मेशनमा मैदान उत्रेको थियो ।

अब म्यानमार र नेपाल फागुन १४ गते फाईनलमा फेरि भिड्ने छ ।  फोरनेशन महिला फुटबलमा सहभागी लेवनन र कजाकिस्तान अंक बिहिन हुदै बाहिरिसकेको छ । 

Scroll to Top