नयाँलिपिः अघिल्लो शनिबार पोखरा भ्रमण वर्षको उद्घाटनकाक्रममा बेलुन पड्किएर आगोको लप्काले पोलेपछि घाइते भएका अर्थमन्त्री विष्णु पौडेल आजदेखि काममा फर्किएका छन् ।
आगोले पोलेपछि राजधानीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारपश्चात् फर्किएका अर्थमन्त्रीले आजदेखि अर्थ मन्त्रालयको कार्यभार सम्हालेका हुन् ।
अर्थमन्त्रीभन्दा २ दिनपछि अस्पतालबाट डिस्चार्ज भएको पोखराका मेयर धनराज आचार्यले भने मंगलबारसम्म आराम गर्नुपर्ने चिकित्सकको सल्लाहअनुसार बुधबारदेखि कार्यालय आउने जनाइसकेका छन् ।
मेयर आचार्यलाई चिकित्सकले केही समय भेटघाट र बोलचाल नगर्न सुझाव दिएका छन् ।