नयाँलिपिः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक दलका नेताहरुलाई चेतावनी दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहको निर्मल निवासबाट नाराणहिटी दरबारको दूरी धेरै टाढा नभएको बताएका छन् ।
राप्रपा गण्डकीले आज पोखरामा आयोजना गरेको बृहतसभामा बोल्दै अध्यक्ष लिङदेनले दलहरुले नवीनतम सम्झौता गरी राजासहितको व्यवस्था कायम गर्न सुझाए ।
उनले राप्रपा पनि पछि फर्कन नचाहेको तर राष्ट्रहितकालागि सबै एकै ठाउँमा आउन अनिवार्य भइसकेको उल्लेख गरे ।
‘हामी सबैले नवीनतम सहमति गरी राजालाई पनि अटाउने व्यवस्था चाहेका छौं, यसर्थ दलहरु पनि सहमतिमा आउनुहोस्’ लिङदेनले भने ‘अन्यथा, हामी राजालाई डो¥याएर नारायणहिटी दरबार भित्र्याउँछौं ।’
सभाको मुख्य उद्देश्य राजतन्त्रको पुनःस्थापना र संघीयताको खारेज नै भएको प्रष्ट पार्दै उनले दलहरुसँग सहमतिमा आउन अन्तिम मौका दिएको बताउँदै उनले नत्र राप्रपा सडकमा आउने र गणतन्त्र फालेर देखाइदिने उद्घोष गरे ।

नेकपा एमाले र नेपाली कांग्रेसले संविधान संशोधनको नाममा भ्रष्टाचारको कारवाहीबाट आफु जोगिन र भ्रष्टाचारलाई निरन्तरता दिन खोजेको उनको आरोप छ ।
पोखराबाट सुरु भएको पहिलो चरणको आन्दोलनल भ्रष्टाचार र कुशासनको अन्त्य गर्ने नारालाई विरोधसभामार्फत देशैभर पु¥याउने राप्रपाको योजना छ ।
राजतन्त्रको पुनःस्थापना र संघीयताको खारेजसँगै राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र सनातन हिन्दू अधिराज्यलगायतको मूल माग राखेको छ ।