पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य आज अपरान्ह कीर्तिपुरस्थित बर्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
गत शनिबार पोखरामा भ्रमण वर्षको औपचारिक उद्घाटनकाक्रममा बेलुन पड्किएर घाइते भएका मेयर आचार्यलाई सोही दिन बर्न अस्पताल भर्ना गरिएको थियो ।
डिस्चार्जपछि मेयर आचार्यले उपचारकाक्रममा सहयोग पु¥याउने सम्पूर्णमा आभार व्यक्त गरेका छन् ।
‘
उपचारमा संलग्न गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, किर्तिपुर अस्पताल काठमाडौं लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवार प्रति हृदयदेखि आभार व्यक्त गर्दछु’ उनले भनेका छन् ।