स्थापना दिवसको तयारीमा जुट्यो रुपा गाउँपालिका

santan ads

नयाँलिपिः रुपा गाउँपालिकाले फागुन २४ देखि २७ गतेसम्म स्थापना दिवस मनाउन वृहद् तयारी थालेको छ ।

पालिका अध्यक्ष नवराज ओझाका अनुसार स्थापना दिवसमा प्रदेशस्तरीय झाँकी प्रतियोगिता र कृषि प्रदर्शनीसहित विविध कार्यक्रमको आयोजना गर्नेछ ।

अध्यक्ष ओझाले रुपा गाउँपालिका बाहेकका अन्य खेलाडी सहभागी हुन नपाउने गरी अध्यक्ष कप वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको बताए । भलिबलतर्फ प्रथम, द्वितीय, तृतीय हुने समूहले क्रमशः ७७ हजार ७ सय ७७, ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३ नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा बेस्ट प्लेयरलाई नगद ५ हजार, बेस्ट सेटरलाई र बेस्ट स्पाइकरलाई जनही दुई हजार नगद प्रदान गरिने छ ।

‘खेलकुदको विकास र सांस्कृतिको संरक्षणका लागि स्थापना दिवसमा नियमित रुपमा भलिबल र गाउँपालिका स्तरीय झाँकी प्रदर्शन प्रतियोगिता गर्दै आएका छौं,’ अध्यक्ष ओझाले भने, ‘जसको कारण पालिकाको प्रतिनिधित्व गर्दै युवा खेलकुदको क्षेत्रमा जिल्ला प्रदेशहुँदै राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम भएका छन् ।’

उनले पालिकामा बसोबास गर्ने विभिन्न जातजाति र समुदायहरुको भाषा, धर्म, संस्कृति संरक्षण र सम्बद्र्धन गर्न झाँकी प्रदर्शन प्रतियोगिता गर्न लागेको बताए ।

झाँकी प्रदर्शनी प्रतियोगितामा प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । माला प्रतियोगितामा प्रथमलाई ६ हजार, द्वितीयलाई ४ हजार र तृतीयलाई २ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

झाँकी प्रदर्शन प्रतियोगितामा करिब ३० समूह सहभागी हुने छन् । प्रत्येक समूहले पाँच वटा माला समावेश गर्ने गरी माला प्रतियोतिामा पनि समावेश गरिएको अध्यक्षले ओझाले जानकारी दिए ।

स्थापना दिवसका अवसरमा जैविक विविधतासम्बन्धी कृषि प्रदर्शनीमा रुपामा उत्पादन भएको महको चाका खाने कार्यक्रम, स्थानीय स्तरका रैथाने बाख्रा र रैथानी बाली प्रदर्शनीसमेत गर्ने कार्यक्रम तय भएको छ ।

किसानलाई प्रोत्साहन गर्न कृषि पेशामा उत्कृष्ट रहेका किसानलाई नगद ५ हजारसहित दोशल्ला ओढाएर सम्मान गर्ने उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिइन् ।

स्थापना दिवसको कार्यक्रमको उद्घाटन फागुन २४ गते र २७ गते मुल समारोह हुने पालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ पौडेलले बताए ।

पालिकाले पालिकाको विकास र समृद्धिमा सहयोग पु¥याउने सामाजिक व्यक्तित्व, विद्यावारिधि, एमडी गरेका विभिन्न व्यक्तित्वलाई रुपा रत्नबाट सम्मान गर्ने भएको छ ।

Scroll to Top