पोखरा । नव आदर्श सामुदायिक विकास समाज लामाचौरले आयोजना गरेको रक्तदानमा १०५ युनिट रगत संकलन भएको छ ।
प्रजातन्त्र दिवसका अवसरमा समाजको वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान आयोजना गर्दै आएको छ ।
यस वर्षको रक्तदान कार्यक्रम २५ औं संस्करणको भएको संस्थाका अध्यक्ष दिनेश भण्डारीले बताए ।
पोखरा महानगरपालिका वडा १६ वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले रक्तदाता एवं संस्थाका पूर्व अध्यक्ष द्वय बुद्धिबहादुर खत्री क्षेत्री र नविन भण्डारीलाई संयुक्त रुपमा ब्लडब्याग हस्तान्तरण गर्दै रक्तदान शुभारम्भ गरे ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा १६ वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना, विशेष अतिथि वडा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे प्रादेशिक रक्त संचार केन्द्रका महेन्द्र के सी लगाएतले मन्तव्य राखेका थिए ।
युवा रेडक्रस सर्कल गण्डकी बोर्डिङ स्कूल, एलसी ब्रदश युनाइटेड लामाचौर र जुनियर रेडक्रस सर्कल इन्द्रराज्य लक्ष्मी मावि लामाचौरको सह–आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
सोही अवसरमा गत पौष २७ गते सम्पन्न संस्थाको २८ औ वार्षिक साधारणसभा तथा १५ औ अधिवेशनमा रिक्त रहेको ४ जना मनोनित कार्यसमिति सदस्य तथा सल्लाहकारलाई मनानयनको प्रमाणपत्र प्रदान गरिनुको साथै सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो।
संस्थाका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितिय उपाध्यक्ष हरि बहादुर थापाले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन सचिव शोभा बाँनियाले गरेका थिए ।