एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगाको सोमबार भएको खेलमा विजयी भएको छ ।
सोमबार भएको खेलमा बार्सिलोनाले रायो भालोसानोलाई १ ० ले पराजित गर्दे स्थानमा उक्लिएको हो ।
आजको जित पछि वार्सिलोना रियल म्याड्रिडलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि रोर्बट लेवान्डोव्स्कीले गोल गरे । उनले २८औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल निर्णायक बन्यो।
जितसँगै बार्सिलोनाको २४ खेलबाट ५१ अंक भएको छ । दोस्रो स्थानमा रहेको रियलको पनि ५१ अंक भएपनि गोलअन्तरको पछि पर्यो
समान खेलबाट ५० अंक जोडेको एट्लेटिको मड्रिड तेस्रो स्थानमा छ । भालोसानो २४ खेलमा ३५ अंकका साथ छैठौं स्थानमा छ ।