नयाँलिपिः ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा समारोहको उद्घाटनकाक्रममा शनिबार बेलुन पड्किएपछि घाइते भएर उपचारार्थ कीर्तिपुरको बर्न अस्पतालमा लगिएका अर्थमन्त्री विष्णु पौडेल आज डिस्चार्ज भएका छन् ।
अस्पतालले विज्ञप्तीमार्फत अर्थमन्त्री पौडेलको अवस्था सामान्य भइसकेकाले डिस्चार्ज गरेको बताएको छ ।
‘उहाँको छाती र फोक्सोमा कुनै समस्या छैन र घाउ निको हुँदै गएको छ’ अस्पतालले भनेको छ ।
मेयर आचार्यको भने पहिल्यैदेखि उच्च रक्तचापको समस्या रहेकाले हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको अस्पतालले बताएको छ ।
‘हृदयरोग विशेषज्ञसँग परामर्श भइहरेको र केही दिन थप उपचार हुने जानकारी गराइन्छ’ विज्ञप्तीमा उल्लेख छ ।

- फाइल तस्बिर