मेयर आचार्यलाई थप उपचारार्थ काठमाण्डौं लगियो

santan ads

नयाँलिपिः पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारार्थ भर्खरै काठमाण्डौं लगिएको छ ।

पोखरामा आज ‘पोखरा भ्रमण वर्ष–२०२५’को औपचारिक घोषणाकाक्रममा उद्घाटन समारोहमा मेयर घाइते भएका थिए । दीप प्रज्वलनकाबेला बेलुनमा आगो सल्किँदा उनको अनुहारमा केही जलेको थियो ।

त्यसपश्चात् तुरुन्त फिस्टेल हस्पिटल पु¥याइए पनि अवस्था थप गम्भीर नहोस् भनि हेलिकप्टरमार्फत कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

मेयर आचार्यसँगै प्रमुख अतिथि एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । सामान्य घाइते पौडेल सिम्रिक एयमार्फत राजधानी गएका छन् ।

Scroll to Top