पोखरा । पोखरामा जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको भिड्न्त हुने भएको छ । फाइनल खेल भोलि शनिबार पोखरा रंगशालामा हुनेछ, जसमा दुबै टोलीले इतिहास रच्ने दाउमा मैदान उर्तनेछन ।
पुलिसको लक्ष्य :सातौं उपाधि जित्ने
नेपाल पुलिस क्लब (एनपीसी) आहा-रारा गोल्डकपमा सर्वाधिक ६ पटक उपाधि जितेको रेकर्ड राखेको छ । यसपटक उनीहरुले सातौं उपाधि जितेर इतिहास बनाउने लक्ष्यका साथ मैदान उर्तनेछन । पुलिस क्लबले प्रि–क्वाटरफाइनलमा आयोजक सहारा क्लबलाई १–०,क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज युनाईटेडलाई २–०,र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले पराजित गर्दे फाइनलको यात्रातय गरेको हो ।
ब्ल्याक बुल्सको पहिलो प्रयासमै फाइनल
उज्वेकिस्तानको ब्ल्याक बुल्सले पहिलो पटक आहा-रारा गोल्डकपमा सहभागिता जनाएको हो । उनीहरुले क्वाटरफाइनमा भारतको थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० र सेमिफाइनलमा थ्रीस्टार क्लबलाई ४–० गोलले हराउँदै फाइनलमा पुगेको हो । ब्ल्याक बुल्सले आफ्नो खेल कौशलबाट दर्शकको मन जितेको छ ।
फाइनलको अपेक्षा
दुबै टोलीले फाइनलका लागि उत्कृष्ट तयारी गरेको जनाएका छन । ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजितले फाइनल ५०–५० प्रतिशतको प्रतिस्पर्धा हुने बताएका छन भने पुलिसका प्रशिक्षक चेतन घिमिरेले युवा खेलाडीहरुको जोश टिम स्पिरिटमा विश्वास जनाएका छन ।
सहारा क्लब पोखराको आयोजनामा भएको २४ औं आहा रारा पोखरा गोल्डकपको विजेताले १२ लाख १ हजार पाउनेछन भने उपविजेताले ६ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन ।