पौने २ करोडको पोखरा म्याराथन ! जहाँ दौडिनेछन् १ सय ५२ विदेशीसहित ३ हजार धावक

santan ads

नयाँलिपिः आगामी फागुन ३ गते भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा सफल अन्तर्राष्ट्रिय म्याराथन हुँदैछ । म्याराथनको सम्पूर्ण तयारी पुरा भएको आयोजक मञ्चले जनाएको छ ।

करिब १ करोड ८९ लाख रुपैयाँ खर्च हुने म्याराथनमा पुरस्कार राशीमात्रै २१ लाख ३४ हजार रुपैयाँ रहेको छ । जसमध्ये ४२ किलोमिटर म्याराथनमा प्रथम हुने धावकले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, द्वितीयलाई ३ र तृतीयलाई २ लाख रुपैयाँ र सान्त्वनास्वरुप चौथोदेखि आठौंसम्मलाई नगद ३० देखि १० हजार रुपैयाँ रहेको छ ।

यसैगरी महिला हाफ म्याराथन, १० किमि पुरुष तथा महिला, ५ किमि छात्ररछात्र, ह्विल चियर तथा दृष्टिविहिन पुरस्कार राशीमा समेत वृद्धि गरेको आयोजकले जनाएको छ ।

कूल १४ विधा रहेको दौडमा खुला म्याराथन ४२.१९५ किमि, गण्डकी प्रदेशस्तरीय खुला म्याराथन ४२.१९५ किमि दौड, २१.०९७ किमि हाफ म्याराथन महिलारपुरुष दौड, महिलारपुरुष १० किमि दौड, विद्यालयस्तरिय छात्ररछात्रा ५ किमि दौड, महिलारपुरुष ह्विल चियर तथा दृष्टिविहिन महिलारपुरुष दौड, ५० वर्ष भन्दा माथी ५ किमि भेट्रान्स महिला र पुरुष दौड हुनेछन् ।

यसैगरी महिला हाफ म्याराथन, १० किमि पुरुष तथा महिला, ५ किमि छात्ररछात्र, ह्विल चियर तथा दृष्टिविहिन पुरस्कार राशीमा समेत वृद्धि गरेको आयोजकले जनाएको छ ।

म्याराथनका सम्पूर्ण विधामा २१ राष्ट्रका खेलाडी सहभागी हुनेछन् ।

सफल डेरी मुख्य प्रायोजक रहेको म्याराथनलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिकालगायत विभिन्न निकाय, देशी–विदेशी संस्था र विभिन्न व्यक्तिले सहयोग गरेका छन् ।

मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले पोखरामा आयोजना गरिएको म्याराथन भिन्न प्रकृतिको भएको बताए ।

‘यहाँ धावकले प्रकृति, संस्कृति र आध्यात्मको महशुस गर्न पाउनेछन्’ अध्यक्ष गुरुङले भने ‘म्याराथनले पोखरामात्र हैन हाम्रो नेपालीपन र सभ्यतालाई पनि चिनाउनेछ ।’

Scroll to Top