शम्भु श्रेष्ठ, तनहुँ । तनहुँको नाबरुङ स्थित आदर्श सरस्वती मा.वि को ६६ औं वार्षिकोत्सव आईतबार भव्य कार्यक्रम बिच सम्पन्न भएको छ ।
उक्त वार्षिकत्सव कार्यक्रममा पुरस्कार वितरण, सम्मान लगायतका कार्यक्रमहरु समावेश रहेका थिए ।
प्रमुख अतिथि भानु नगरपालिका प्रमुख आनन्द राज त्रिपाठीले शिक्षाको महत्व बारे बोल्दै आदर्श सरस्वती मा.विको शैक्षिक र भौतिक विकासमा भानु नगरपालिकाको सदैव साथ र सहयोग रहने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि चन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भानु नगरपालिका ६ का वडा अध्यक्ष धिरेस खनाल,आदिकवि भानुभक्त क्याम्पसका प्रमुख माहाप्रसाद हडखले (महेश) लगायतले मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा लेफ्टिनेट देवबहादुरले विद्यार्थीहरुलाई आर्थिक तथा न्यानो कपडा वितरण एवं मुरली खड्काको स्मृतिमा छोरा अनुष खड्का र मनुष खड्का द्वारा स्टेशनरी सामग्रीहरु वितरण गरेको थियो ।
विद्यालयका प्र.अ प्रकाश जि.सीले वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै कार्यक्रमले आफु थप जिम्मेवार र उत्साहित भएको बताए।
उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न विद्याका गीत संगीत प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका प्र.अ जिसीले बताए ।कार्यक्रम संचालन स.प्र.अ.बुद्धिराज ढुङ्गाना र स्वागत मन्तव्य शिक्षक शैलेन्द्र कुमार शाहले गरेको थियो ।