बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई

santan ads

एनआरटीले बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ ।

शनिवार भएको २५औं बुढासुब्बा गोल्डकपको फाइनलमा ए डिभिजन लिग विजेता चर्च ब्वाइजलाई २-१ ले पराजित गर्दै एनआरटीले उपाधि जितेको हो ।  बुढासुब्बाकपमा एनाआरटीको यो तेस्रो जित हो । 

धरान रंगशालामा भएको खेलमा हेनरी पोकुले दुई गोल गरेपछि एनआरटीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै जित निकालेको हो ।

खेलको २२औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । दुई मिनेटपछि नै हेनरी पोकुले एनआरटीका लागि बराबरी गोल फर्काए ।

हेनरीले ५७औं मिनेटमा गोल गर्दै एनआरटीलाई २-१ को अग्रता दिलाए र त्यही गोल नै जितमा निर्णायक बन्यो ।

Scroll to Top