पोखरा । पोखरा उद्योग वाणिज्य संघले विविध कार्यक्रम गरि ७१औँ वार्षिकउत्सव मनाएको छ ।
संघले आफ्नो ७१ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार सचिवालयमा झण्डोत्तलन,कार्यालय परिसर भित्र वृक्षारोपण गर्नुका साथै ३३औँ राष्ट्रिय औँधोगिक व्यापार मेला तथा आईटी महोत्सवमा सहयोग गर्ने सरकारी निकायहरू विभिन्न संघ संस्था तथा व्यवसायिक प्रतिष्ठानहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरकार र निजि क्षेत्रसँगै मिलेर काम गर्नेुपर्ने बताउदै पाण्डेले पोखराको समग्र आर्थिक, साँस्कृतिक र शैक्षिक उन्नयनको लागि संघको भूमिका महत्वपूर्ण रहेको बताए ।
संघका अध्यक्ष गोर्कण कार्कीले पोखराको आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान गरेको संघले यसपालि आयोजना गरेको ३३औँ राष्ट्रिय औँधोगिक व्यापार मेला तथा आईटी महोत्सव व्यवसायीको हितमा नै गरिएकोले महोत्सव सफल भएको बताउदै उनले सम्पुर्ण व्यवसायीहरूको आशा अनि भरोसा रहेको संघलाई अझ क्रियाशिल तथा मजबूत र सवल रुपले अगाडि बढाउन आफु प्रतिवद्ध रहेको बताए ।
संघका उधोग उपाध्यक्ष तथा महोत्सवका प्रायोजन व्यवस्थापन उप समितिका संयोजक दीनेशचन्द्र बास्तोला मेला आयोजनाको क्रममा सघाउनेहरुलाई धन्यवाद ज्ञापन गर्दै उद्यमशिलता विकास तथा व्यवसायीको हितका लागि संघ निरन्तर क्रियाशिल रहने बताए ।
संघका महासचिव शोभा गौतमले सन्चालन गरेको कार्यक्रममा संघको पुर्व अध्यक्ष राजेन्द्र कुमार लालचन,नारायण कोइराला लगाएतले बोलेका थिए ।
पोखराकै जेठो सामाजिक संस्था वि.स २००७ सालको राजनीतिक परिवर्तनपछि पोखरामा स्थापना भएको थियो । उद्योगी/व्यवसायीहरुको हक हितको खातिर अमृत शेरचनको नेतृत्वमा वि.सं २०११ साल माघ २५ गते विधिवत् रुपले पोउवाको स्थापना भएको थियो ।