टाइगर कपः पुलिस फाइनलमा, आर्मी क्वालिफायरमा

santan ads

नयाँलिपिः विभागीय टोलीबीच भएको भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइलनमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शुक्रबार भएको खेलमा आर्मीलाई ३–२ ले पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२२ ले जितेको पुलिसले पुनः चौथो सेट २३–२५ ले हार बेहोरेको थियो । तर, पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै १५–१२ काे जित निकाल्यो ।

पराजित भएको आर्मीले अब गण्डकी प्रदेश र भारतको सुनिल भलिबलबिचको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।

यसअघि शुक्रबार बिहान भएको खेलमा आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ महिलातर्फ फाइलनमा प्रवेश गरेको थियो । पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइलन प्रवेशका लागि टिपटप न्यू डायमण्ड स्पोर्टस क्लबसँग प्रतिष्पर्धा गर्नेछन् ।

Scroll to Top