साइमन पार्टी प्यालेसबाट चोरी गरी भागेका इश्वर र पुजा पक्राउ

santan ads

नयाँलिपिः गत शनिबार पोखराको साइमन पार्टी प्यालेसबाट १४ लाख रुपैयाँ चोरी गरी फरार भएका इश्वर र पुजा श्रेष्ठलाई वडा प्रहरी कार्यालय, बैदामले पक्राउ गरेको छ ।
श्रेष्ठद्वयलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार उनीहरुलाई बुटवलको कालिानगरस्थित एक होटलबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट नगद १२ लाख ५२ हजार ५८० रुपैयाँ बरामद गरिएको छ ।

पार्टी प्यालेसले कार्यालयबाट १४ लाख ७४ हजार रुपैयाँ चोरी गरेको भन्दै प्रहरीलाई जानकारी गराएको दोस्रो दिनमा उनीहरु पक्राउ परेका हुन् ।

Scroll to Top