नयाँलिपी । औषधि व्यवस्था विभागको टुरमुकाम टोलीले पोखराबाट दिदै आएको सेवा आज (शुक्रबार) सकिएको छ । टोलीले माघ ६ गते देखि गण्डकीका औषधि व्यवसायहरुलाई रामघाट पोखराबाट सेवा दिएका थिए ।
गण्डकी प्रदेशका औषधि व्यवसायीलाई दर्ता, नवीकरण, नामसारीलगायतको सेवा दिन विभागको टुरमुकाम टोली पोखरा आएका हुन ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका चिकित्सक सेवा महाशाखा प्रमुख डा.रमेश केसीले प्रादेशिक तह मै औषधि व्यवस्था विभाग स्थापना गर्न आवश्यक भएको बताउँदै २०३५ सालमा बनेको औषधि ऐन संशोधनको लागि सबै स्टेकहोल्डर संग छलफल गरि सुझाब संकलन गरेर पठाईसकेको जानकारी दिए ।
औषधि व्यवसायी संघ गण्डकीका संस्थापक अध्यक्ष कृष्ण पाण्डेले विभागको कार्यालय गण्डकीमा नभएको र व्यवसायीहरु काठमाण्डौ धाउन बाध्य छ ,औषधि व्यवस्था विभागले यथाशक्य छिटो पोखरामा शाखा खोल्न पर्ने कुरामा जोड दिए । ‘सबै सेवा सुविधा केन्द्रिकृत हुदाँ संघियता लागु भएको महशुुस गर्न नपाएको बताए । पाण्डेले औषधिको गुणस्तरमापन विभागले नियमित अनुगमनमा ध्यान दिन आवश्यक रहेको सुनाए ।
औषधि व्यवसाय विभागका फार्मेसी अधिकृत मणिराज श्रेष्ठले यस पटक २०० जना व्यवसायीहरुबाट ३ लाख ८४ हजार २ सय २५ राजश्व संकलन भएको जानकारी दिए ।
नेपाल औषधि व्यवसायी संघ गण्डकीका अध्यक्ष केशरी प्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ कास्कीका अध्यक्ष धिरज गौतम,औषधि व्यवसाय विभागका शाखा अधिकृत यादव सापकोटा ,विभागका लेखापाल दिलिप माझी, शोभित पौडेल, लक्ष्मी नारायण पराजुली,औषधि व्यवसायी संघ गण्डकी र कास्की शाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा अध्यक्ष तिवारीले प्रदेश स्वास्थ्य मन्त्रालय र औषधि विभागलाई आभार पत्र प्रदान गरेको उपाध्यक्ष लक्ष्मी नारायण पराजुलीले बताए ।