नयाँलिपिः गण्डकी प्रदेशका औषधि व्यवसायीलाई दर्ता, नवीकरण, नामसारीलगायतको सेवा दिन औषधि व्यवस्था विभागको टोली यतिबेला पोखरा आएको छ ।
विभागको कार्यालय गण्डकीमा नभएको र व्यवसायीहरु विविध सेवा लिन काठमाण्डौ धाउन बाध्य हुनुपरेको अवस्थामा टोली पोखरा आएको विभागका फार्मेसी अधिकृत मणिराज श्रेष्ठले बताए ।
‘प्रादेशिक स्वास्थ्य निर्देशलाय, पोखरामा विभागको टुरमुकामको टोली रहेको बताउँदै श्रेष्ठले १० गतेसम्म आवश्यक विभागीय सेवा लिन सकिने जानकारी दिएका छन् ।
माघ ६ गतेदेखि सेवा सुरु भएको बताउँदै उनले आवश्यक परेको खण्डमा संघीय मातहतमा पहले गरे सेवा अवधि थप गर्न सकिने उनको भनाई छ । प्रदेशमा व्यवसायीको संख्या करिब २ हजार रहेको बताउँदै उनले कास्कीमा ६ सयको हाराहारीमा रहेको उल्लेख गरे ।
‘गण्डकी प्रदेशका व्यवसायीलाई सहज होस् भनि पोखरामा टुरमुकाम लिएर आएका हौं’ उनले भने ‘सबैको नवीकरण एकै समयमा नपर्ने भएकाले वर्षमा २ पटक टुरमुकामको व्यवस्था गरिएको छ ।’
हाल १ हजार रुपैयाँ नवीकरण शूल्क तिर्न १० हजार रुपैयाँ बढी खर्च गर्नुपर्ने बाध्यता रहेको बताउँदै अब सरकारले नै अनलाइन सेवा सुरु गर्नुपर्ने उनको राय छ । नवीकरणसँगै व्यवसायीबाट सुझाव पनि लिइरहेको श्रेष्ठले बताएका छन् ।
कास्कीका औषधि व्यवसायी सुरेन्द्र प्रधानले विभागको टोली पोखरा आएर सेवा दिएकोमा विभागलाई आभार व्यक्त गरेका छन् ।
‘नवीकरण गर्न काठमाण्डौं जाँदा समय र पैसा दुबै खर्चिनुपथ्र्याे’ प्रधानले भने ‘विभागको सेवाले हामी व्यवसायीलाई राहत मिलेको छ ।’