गण्डकी प्रदेश स्वास्थ्य सचिवमा विश्वबन्धु, तालिम केन्द्र पुगे विनोद बिन्दु

दिपक के श्रेष्ठः स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश सचिवमा डा विश्वबन्धु बगालेले कार्यभार सम्हालेका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार डा. बगालेले सोमबारदेखि काम सुरु गरेका हुन् ।

डा बगालेले यसअघि रत्ननगर र भरतपुर अस्पतालको मेसुकारुपमा जिम्मेवारी सम्हालिसकेका छन्।

बालरोग विशेषज्ञ डा बगाले स्वास्थ्य सेवा प्रदान गर्नुका साथै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने कार्यमा सक्रियमध्ये एक हुन्।

जिम्मेवारी प्राप्त गरेसँगै उनले गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रलाई बलियो बनाउनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि उक्त जिम्मेवारीमा डा विनोद बिन्दु शर्मा थिए। शर्मा प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, पोखरा सरुवा भएका छन् ।

Scroll to Top