नयाँलिपिः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं पुगेका छन् ।
सोमबार दिउँसो त्रिभुवन विमानस्थल उत्रिएका साम्पाङले सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन रित्तो गाग्री बोकेर काठमाडौं आएको बताए ।
मेयर साम्पाङले मंगलबार (भोली) रित्तो गाग्री बोकेर सिंहदरबार गएर खानेपानीमन्त्री प्रदिप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने जाने बताएका छन् ।
उनले गत पौष २० गते शनिबार उपमहानगरको १२४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सरकारले खानेपानीको लागि आफूलाई सहयोग नगरे थोत्रे गाग्री बोकेर प्रधानमन्त्रीलाई भेट्न जाने चेतावनी दिएका थिए ।
आइतबार मेयर साम्पाङले समर्थकहरूलाई भेला पारेर ‘भानु चोक’ धरानमा पनि रित्तो गाग्रीसहित प्रदर्शन गरेका थिए ।