महानगरको सहयोगमा युवालक्षित १ दिने वर्कशप सम्पन्न

नयाँलिपिः पोखराका विभिन्न क्षेत्रमा रहेका युवालाई समेटेर १ दिने ‘नेगोसिएशन तथा कम्युनिकेशन स्किल डेभलपमेन्ट’ वर्कशप आयोजना भएको छ ।

वर्कशपमा अनुसन्धाता एवं प्रशिक्षक आरोग्यमोहन काफ्लेले युवा विद्यार्थीलाई समायानुकूल ढंगले अघि बढ्ने विविध ज्ञानको आवश्यकता पर्ने बताए । उनले नेगोसिएशन र कम्युनिकेशनको आवश्यकता र औंचित्यमाथि प्रकाश पार्दै प्रयोगात्मक विधिमार्फत तालिम दिएका थिए ।

त्यस्तै, पोखरा महानगरपालिका, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले विद्यालय र किताबमा नसमेटिएका विभिन्न विषयवस्तुलाई तालिमले बुझ्ने अवसर दिने उल्लेख गरे ।

न्यौपानेले भने ‘मुलुकमै पहिलो पटक पोखरा महानगरपालिकामा युवा परिषद् गठन गरिएको छ, जसले सबै क्षेत्रका युवालाई समेटेर रचनात्मक कार्यक्रम प्रदान गरिरहेको छ ।’

साथै, यस कार्यक्रम पनि त्यसैको निरन्तरता भएको उनले जानकारी दिए ।

लिडरशीप फोरम, नेतृत्व विकास मञ्च र पोखरा नगर युवा परिषद्को संयुक्त पहलमा कार्यक्रम आयोजना गरिएको हो ।

नेतृत्व विकास मञ्चकी अध्यक्ष सुप्रिया श्रेष्ठको अध्यक्षतामा आयोजित वर्कशपको प्रमुख अतिथिमा कार्यकारी अध्यक्ष न्यौपाने रहेका थिए ।

वर्कशपमा एकान्टेबिलिटी ल्याब गण्डकी प्रदेश संयोजक पुष्पराज कोइराला, सन्तान फर्टिलिटी सेन्टर, पोखराका प्रबन्ध निर्देशक निलकण्ठ शर्मा र नागरिक लगानी कोषका अजय यादवले सहभागीलाई तालिमबाट लाभ लिई भविष्यमा सफल र सक्षम नागरिक बन्नुपर्ने सुझाव दिएका थिए ।

साथै, वर्कशपका सहभागीलाई सन्तान  आइभीएफ क्लिनिककातर्फबाट नोटबुक प्रदान गरिएको थियो ।

धिरज परियारद्वारा सञ्चालित कार्यक्रममा लिडरशीप फोरमका पूर्वअध्यक्ष सन्देश विक, नगर युवा परिषद्का सरस्वती पुरी विष्णुमाया सुवेदीलगायतको सहभागिता थियो ।

Scroll to Top