नयाँलिपिः पृथ्वीनारायण क्याम्पसको रिक्त क्याम्पस प्रमुखको जिम्मेवारी प्राडा हरिप्रसाद पाठकले सम्हालेका छन् ।
क्याम्पसद्वारा आयोजित पदस्थापना कार्यक्रममा प्रमुख पाठकले आफ्नो कार्यकालमा क्याम्पसको गरिमालाई झनै उँचो बनाउने दृढता व्यक्त गरे । शैक्षिक उत्कृष्ठता र विद्यार्थीहरुको सहभागिता एवं नतीजा दरमा वृद्धि गर्ने उनको भनाई छ ।
गुणस्तर शिक्षामा सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुकोसमेत उत्तिकै भूमिका हुने भन्दै उनले सबैसँग सहकार्य गरी अघि बढ्ने बताए । पाठक व्यवस्थापन संकायमातहतका प्राध्यापक रहि आएका थिए ।
०६० यता प्रगतिशील समूहका प्रमुख रहँदै आएका क्याम्पसमा यसपटक प्रजातान्त्रिक खेमाका पाठकले अवसर पाएका छन् । उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन् ।
यसअघि क्याम्पस प्रमुखको दौडमा पाठकसँगै प्राडा टंकराज अधिकारी, सहप्राडा वीरबहादुर कार्की, प्रा लालबहादुर कुँवर र प्राडा शोभाकान्त लामिछाने रहेका थिए ।