स्पेनिस कोपा डेला रे कप :बेटिसको पोष्टमा बार्सिलोनाको ५ गोल

santan ads

बार्सिलोना स्पेनिस कोपा डेला रे कपको हिजो राति भएको खेलमा बार्सिलोना विजयी भएको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–१ ले हराएको हो । यो जित संगै बार्सिलोना क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

गएराति भएको बेटिससँगको खेलको तेस्रो मिनेटमा जाभीको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। १७ वर्षीय लामिन यामलको सहयोगमा २८ औँ मिनेटमा जुलेस कोन्डेले दोस्रो गोल गरे। मध्यान्तरपछि राफिन्हा, फेरान टोरेस र यामलले बार्सिलोनाका लागि गोल गरे।
बेटिसका लागि ८५ औं मिनेटमा भिक्टर रोक्युले पेनाल्टीमार्फत गोल गरे।

बार्सिलोनाले लगातार दोस्रो खेलमा ५ गोल गरेको हो। यसअघि स्पेनिस सुपर कपको उपाधि जित्ने क्रममा बार्सिलोनाले रियल म्याड्रिडलाई ५–२ ले हराएको थियो।

स्पेनिस कोपा डेला रे कपमा बार्सिलोना ३८ अंकको साथ तेस्रो स्थान,४३ अंकको साथ रियल म्याड्रिड दोस्रो र ४४ अंकको साथ एथेटिको म्याड्रिड पहिलो स्थानमा रहको छ ।

Scroll to Top