पोखरा । जारी १३ औं संस्करणको पोखरा महोत्सवमा बुधवार देखि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन बुधवार सेन्ट मेरिज स्कुल सेमी फाइनलमा प्रवेश गरेको छ । बुधवार सेन्ट मेरिजले बालकन्याण, कालिका मावि र अमरसिंह मावि (बि) लाई पछाडि पार्दै सेमि फाइनलमा प्रवेश गरेको हो ।
१४ टीमको सहभागीता रहेको विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको दोश्रो दिन बिहीबार कास्की मोडनाइज्ड स्कुल, हार्वड ई. बोर्डिङ स्कुल र ज्ञान गंगा बोर्डिङ स्कुल बीच प्रतिस्पर्धा रहने छ ।
त्यस्तै माघ ४ गते शुक्रबार बेसलाइन ई. बोडिङ स्कुल, पोखरा युनाईटेड एकेडेमी र अमरसिंह मावि (ए) बीच प्रतिस्पर्धा रहने छ । माघ ५ गते सरस्वती ई. बोर्डिङ स्कुल, न्यू ग्यालेक्सी ई. बोर्डिङ स्कुल, विभुति शिक्षा सदन र प्यारामाउण्ट पब्लिक स्कुल बीच प्रीतस्पर्धा रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
प्रचार प्रसार संयोजक दिनेश सुनारका अनुसार प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ४५ हजार, शिल्ड र प्रमाणपत्र, दोश्रो हुनेले नगद ३० हजार, शिल्ड र प्रमाण पत्र तृतिय हुनेले नगद २० हजार शिल्ड र प्रमाण पत्र र शान्तवना स्थान हाँसिल गर्ने दुई वटा टिमले जनही नगद १० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन ।
महोत्सवको आठौं दिन लोक दोहोरी तर्फ लोक तथा दोहोरी गायक बद्री पंगेनी, चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, सरीता सारु मगर, नेत्र खड्का, सुनिता नेपाली र हाँस्य कलाकार पवन खतिवडा ( म्याकुरी) को प्रस्तुती रहने छभने सांझको लाइभ कन्सर्ट तर्फ कबवेवको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवमा युनाईटेड क्लबले निर्माण गर्न लागेको युनाईटेड छात्राबास निर्माणको लागि स्व. राम बहादुर थापाको स्मृतीमा जेष्ठ नागरिक समाज नेपाल कास्कीको अक्षयकोषको ब्याजबाट नगद पाँच हजार १ सय संस्थाका सचिव ईच्छा बहादुर वाग्ले सहित छोराहरु शान्त बहादुर थापा, सुनिल बहादुर थापा र शुशिल बहादुर थापाको उपस्थितीमा महोत्सव आयोजक युनाईटेड क्लबका पदाधिकारीहरुलाई प्रदान गरिएको थियो ।