पोखरा महोत्सवमा बुधवार देखि विद्यालय स्तरीय सामुहिक लोकनृत्य

पोखरा । पोखराको अमरसिंह चौरमा जारी १३ औं पोखरा महोत्सवमा बुधवार देखि विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ ।

कुल १४ टीमको सहभागीता रहेको उक्त प्रतियोगिताको पहिलो दिन माघ २ गते बाल कल्याण बोर्डिङ स्कुल, कालिका माध्यामिक विद्यालय, सेन्ट मेरिज स्कुल, अमरसिंह माध्यामिक विद्यालय(बि) बीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी माघ ३ गते कास्की मोडनाइज्ड स्कुल, हार्वड ई. बोर्डिङ स्कुल र ज्ञान गंगा बोर्डिङ स्कुल बीच प्रतिस्पर्धा रहने छ ।

माघ ४ गते बेसलाइन ई. बोडिङ स्कुल, पोखरा युनाईटेड एकेडेमी र अमरसिंह मावि (ए) बीच प्रतिस्पर्धा रहने छ । त्यस्तै माघ ५ गते सरस्वती ई. बोर्डिङ स्कुल, न्यू ग्यालेक्सी ई. बोर्डिङ स्कुल, विभुति शिक्षा सदन र प्यारामाउण्ट पब्लिक  स्कुल बीच प्रीतस्पर्धा रहने छ ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ४५ हजार, शिल्ड र प्रमाणपत्र, दोश्रो हुनेले नगद ३० हजार, शिल्ड र प्रमाण पत्र तृतिय हुनेले नगद २० हजार शिल्ड र प्रमाण पत्र र शान्तवना स्थान हाँसिल गर्ने दुई वटा टिमले जनही नगद १० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा महोत्सवको छैठौ दिन दर्शकको उल्लेख्य सहभागीत रहेको छ ।

महोत्सवको सातौ दिन लोकदोहोरी तर्फ अस्मिता अधिकारी, चोलेन्द्र पौडेल, चारापति सुवेदी, तुलसा क्षेत्री, ज्योती लोहनी, बसन्ती थापा मगर, कमला सुनार, परशुराम अधिकारी र राजेन्द्र गिरी (गुन्दु्रके)को हाँस्यब्यङ्ग्य प्रस्तुती रहने छ ।

साँझको लाइभ ब्याण्ड तर्फ सुगम पोखरेल एण्ड बाजागाजाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

Scroll to Top