नयाँलिपिः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माघे संक्रान्तिको शुभकामना व्यक्त गरेका छन् ।
मन्त्रीपरिषद्को कार्यालयमार्फत प्रेषित विज्ञप्तीमा ‘थारु समुदायको माघी र मगर समुदायको मकर संक्रान्तिको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु’ उल्लेख गरिएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिएको मुलुक भन्दै मुख्यमन्त्री पाण्डेले विविधता नै नेपालको गौरव भएको बताएका छन् ।
साथै, यस अवसरमा ‘आत्मनिर्भर समुन्नत प्रदेशः सुखी प्रदेशवासी’को संकल्पलाई पुरा गर्न प्रेरणा मिलोस् भनि कामना गरेका छन् ।