सुनको मूल्य तोलामा १६ सयले बढ्यो

santan ads

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य ब ढेको छ ।

सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।

Scroll to Top