सिक्लेसमा ४ दिने माघे संक्रान्तीको तयारी पुरा

santan ads

नयाँलिपिः सिक्लेस युवा क्लबको आयोजनामा माघ १ देखि ४ गतेसम्म माघे संक्रान्ती मेला हुने भएको छ ।

गुरुङ संस्कृति, परम्परा र चाडपर्वको संयोजनका रुपमा आयाोजना गरिएको मेलालाई पर्यटकीय आकर्षण दिइन खोजिएको क्लबका अध्यक्ष भोलामान गुरुङले जानकारी दिए ।

‘ग्रामीण पर्यटन प्रवद्र्धनकालागि सिक्लेस माघेसंक्रान्ति मेला’ मूल नारा दिइएको मेलामा खुल्ला महिला तथा पुरुष भलिबल, बास्केटबल, नृत्यलगायतका प्रतियोगिता रहेका छन् ।

त्यस्तै, मेलाको अन्य आकर्षणमा ठेलो प्रतियोगितासमेत रहेको छ । ठेलोमा प्रथम हुनेलाई ४५ र दोस्रो हुनेलाई ४० हजार रुपैयाँ पुरस्कार दिइने छ ।

०५२ सालमा स्थापित क्लबले ३० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित मेलालाई भव्यरुपमा मनाउन विभिन्न समित गठन गरिएको छ ।

संक्रान्ती मेलाको निम्तो दिन पोखरा आएका सिक्लेसीहरुले गुरुङ गाउँमा हुने मेलामध्ये सिक्लेसको मेला विशेष हुने भन्दै पोखरेलीहरुलाई निम्तोसमेत दिएका छन् ।

पर्यटकीय आकर्षणकारुपमा रहेका क्हफुचे हिमताल, कोरी पदयात्रा र क्होलासोंथर जाने मार्गको गेटवेसमेत सिक्लेस रहेको छ ।

मेलाबाट १३ लाख ५ हजार आय र ११ लाख ३० हजार रुपैयाँ खर्च हुने आयोजकको आंकलन रहेको छ ।

Scroll to Top