सूर्यदर्शन सहकारी ठगीमा मुछिएका पोखराका ५ अझै फरार

santan ads

नयाँलिपिः सूर्यदर्शन सहकारीमा ज्ञानबहादुर बम्जन सञ्चालक समितिको अध्यक्ष रहेकाबेला ठगीमा मुछिएकामध्ये पोखराका ४ जना अझै फरारको सूचीमा छन् ।

फरार सूचीमा रहेकाहरुमा शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार र नेत्रपाणि बास्तोला हुन् । मिश्रकुमारीको नागरिकता भने बाँके जिल्लाबाट लिइएको छ । उनले चिप्लेढुुंगामा शारदा हर्बल ब्यूटी पार्लर चलाउँदै आएकी थिइन् ।

उक्त अवधिमा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन भएको प्रतिवेदनमा देखाइएको छ । जसमध्ये पछि बम्जनले अनुमानित १ करोड ५० लाख रुपैयाँ देवेन्द्र राई, गितेन्द्र राई र भगवति बम्जनसँगै मिलेमतो गरेको पाइएपछि बाँकी रहेको २६ लाख ७० हजार ८७१ रुपैयाँ उल्लेखित फरार व्यक्तिबाट ठगी भएको उल्लेख गरिएको छ ।

सोही रकम ठगीमा हालै मिना गुरुङ, आरति गुरुङ, कृष्णबहादुर गुरुङ जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएका छन् । मिना र आरति ५–५ र कृष्ण १ लाख धरौटी बुझाएर रिहा भएका छन् ।

Scroll to Top